सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व प्रधानमन्त्री देउवा निवास धनगढीमा विरुडा राख्दै देउवा पत्नी डाक्टर आरजु देउवा (फोटो फिचर)

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी निवासमा गौराका लागि विरुडा राखिएको छ।

विरुडा पञ्चमीको दिन देउवा पत्नी डाक्टर आरजु राणा  देउवाले पञ्च विरुडा भिजाएकी हुन्।

धनगढीको देउवा निवासमा हरेक वर्ष गौरा ल्याउने गरिन्छ।

गौरा ल्याउन देउवा पत्नी डाक्टर आरजु राणा देउवासहित परिवारका अन्य महिलाले विरुडा पुजन गर्दै भिजाएका हुन्।

डडेल्धुरामा छँदा पनि देउवा निवासमा गौरा ल्याइने भएकाले धनगढीमा पनि ल्याउन थालिएको हो।

गौरा मन्दिरमा भिजाएको विरुडा राखिदै।
गौरा मन्दिरमा भिजाएको विरुडा राखिदै।
सप्तमीको दिन ल्याइने गौराको पूजा पञ्चमीका दिन भिजाएको विरुडाले गर्ने चलन छ।

अष्टमीको दिन अठवालीमा गौरा पूजा गर्न अठवाली फाग गाउँदै गौरा र महेश्वरको पूजा गर्ने चलन छ।

गौरा-महेश्ववर पूजामा प्रयोग भएका विरुडाले आफन्तको पूजा गर्दै आशिष दिने गरिन्छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० भदौ ४, ०७:३३
कमेन्ट लोड गर्नुस