नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट
२०८० असार ७, ०४:२७
आईसीसी विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विकेट लिएका छन्। उनले वेस्ट इन्डिजका निकोलस पुरनलाई ११५ रनमा आउट गरेका छन्।
यसअघि नेपालका लागि करण केसी, गुल्सन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका थिए। ४६ ओभरको खेल सकिँदा वेस्ट इन्डिजले चार विकेटको क्षतिमा २९३ रन बनाएको छ।
कमेन्ट लोड गर्नुस