सुदूर नेपाललाई विश्वसँग जोड्दै

होन्डुरसको महिला कारागारमा भएको दङ्गामा ४१ कैदीको मृत्यु

२०८० असार ६, ०५:१८ खबर संवाददाता

एजेन्सीः  होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ।

न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको  यो सबैभन्दा घातक घटना हो। सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन भने अरुलाई गोली लागेको छ। मोराका अनुसार राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको  छ।

मङ्गलबारको घटनामा मृत्यु हुनेको सङ्ख्याले अमेरिकी देशमा नराम्रो परिदृष्य  उदाङ्गो पारेको छ। महिला कारागारमा हालैका वर्षहरूमा हत्या–हिंसाका घटनाहरू बढेका छन्, जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले  यस घटनाले ‘स्तब्ध’ भएको र जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन ‘कडा कदम’ चाल्ने बताएका छन्। एमएस–१३ र १८ स्ट्रिट ग्यान्गहरू लामो समयदेखि प्रतिद्वन्द्वीहरूले (जुन संयुक्त राज्यमा उत्पत्ति भएका थिए) दशकौंदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस