सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा आगलागी, २ पशुको मृत्यु, २ घाइते 

२०८० असार १, ०८:२७ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा आगलागी भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ उत्तरखेडाका ६८ वर्षीय धौल सिहं भाटको १ तले गोठमा बिहीवार आगलागी भएको हो।

गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी हुँदा गोठमा रहेका १ वटा गोरु, १ वटा गाई जलेर मृत्यु भएको र १ वटा गोरु, १ वटा गाई घाईते भएको जनाइएको छ। आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आईसकेको बताइएको छ। क्षतीबारे बिस्तृत बिबरण आउन बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस