सुदूरपश्चिममा एनएमबि बैंकको पनि खोलौ बैंक खाता अभियान
खोलौ बैंक खाता अभियान अन्तर्गत सुदूरपश्चिममा एनएमबि बैंकले एनएमबि सबैको–सहारा बचत खाता अभियानको सुरुवात गरेको छ। आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनएमबी बैंकले एक घर एक खाता अभियान अन्तर्गत सबैका लागि बचत, सबैका लागि सहारा भन्ने नारा सहित एनएमबि बैकको सहारा बचत खाता सञ्चालनमा ल्याएको जानकारी दिएको हो।
बैंकमा खाता खोल्नेले १८ वटा गम्भीर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा १० लाख रुपैयाँ सम्मको बीमा रकम पाउने जनाएको छ। बैंकका अनुसार खाता खोल्नेले सर्वा्धिक व्याजदर पाउनुका साथै निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ, निशुल्क इन्टरनेट बैंकिङ लगायतका सुविधा पाउने बैंकका सुदूरपश्चिम प्रदेश प्रबन्धक बलराम खनालले बताए।