अनाधिकृत रुपमा मेडिकल सञ्चालन गर्ने ९ जना पक्राउ, को–को हुन ति?
कञ्चनपुरः कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गर्ने ९ जना पक्राउ परेका छन्।
जिल्लाको दोधरा चांदनी नगरपालिकाको विभिन्न वडामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी विक्रि तथा उपचार समेत गर्दै आएका ९ जना पक्राउ परेका हुन्। बिक्रीबिरतणको लागी राखिएको औषधीहरु तथा उपचार सामाग्रीहरु समेत बरामद गरिएको छ। गोप्य सुचनाको आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्लाको दोधरा चांदनी नगरपालिका–७ कञ्चभोजमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन गर्ने भारतको उद्धमसिंह नगर खटिमाका २६ वर्षीय संजय बिश्वास, भारतकै पिलिभित नौजलियाका ४६ वर्षीय राजेश बिश्वास, दोधरा चांदनी नगरपालिका–७ मिलन चौराहामा मेडिकल पसलको नाम तथा म अनुमति नलिई औषधी पसल संचालन गर्ने भारतको पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोश सरकार पक्राउ परेका छन्।
दोधरा चांदनी नगरपालिका–४ लठाघाट चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन गर्दै आएका भारतको पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुधान्सु हल्दार, दोधरा चांदनी नगरपालिका–४ खल्ला चोकमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका २३ वर्षीय रबि बिश्वास, दोधरा चांदनी नगरपालिका–४ श्रेष्ठ चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका ३२ वर्षीय कार्तिक सरदार पक्राउ परेका छन्।
यस्तै दोधरा चांदनी नगरपालिका–१ मिलन चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर कुतिया कभरका ३८ वर्षीय निवास गाइन, दोधरा चांदनी नगरपालिका–१ मिलन चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह कुतिया कभरका ३८ वर्षीय निवास गाइन, दोधरा चांदनी नगरपालिका–३ श्रेष्ठ चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका ४९ वर्षीय निरन्जन अधिकारी र दोधरा चांदनी नगरपालिका–३ दवीस्थानमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका २५ वर्षीय भुपेन्द्र पुरी पक्राउ परेका छन्।
उनीरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भरत राज गिरीले बताए।