सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्यातिषीको नजरमा नयाँ वर्ष पनि सुदूरपश्चिमका लागि सुखद नहुने

२०७५ चैत्र ३०, ०६:५१ जनक विष्ट

सुदूरपश्चिमबासीको वर्ष २०७५ आशा भन्दा बढि निराशामा बितेका बेला नयाँ वर्ष पनि धेरै सुखद नरहेको बताईएको छ। कैलालीका ज्योतिष पण्डित मनिराज जोशीले वर्ष २०७५ दैविय दुर्घटना, आर्थिक मन्दीका बिचबाट बितेपनि आईतवारदेखि सुरु हुने २०७६ पनि सुखद नरहेको बताएका हुन्। ज्योतिष शास्त्र अनुसार २०७६ साल सुदूरपश्चिमका लागि परिधावी वर्ष भएकाले संकट आईपर्ने देखिएको जोशीले बताए। वर्ष २०७६ मा राजाको अधिकार शनीले पाएकाले केही गलत हुने तथा प्रशासक र जनताकाबिच सुमधुर सम्वन्ध नहुने, दैविय प्रकोपको सम्भावना रहेकाले सचेत रहनुपर्ने सुझाव दिए। प्रशासकले जनतालाई पेल्न खोज्ने हुदा केही द्धन्द्धको स्थिती समेत सिर्जना हुन सक्ने उनको भनाई छ। 

सुदूरपश्चिममा कृषि उत्पादन बढ्ने देखिएपनि पर्याप्त वर्षा नहुदा प्रभाव पर्ने पनि उनले बताए। राशीगत हिसाबमा धनु, वृश्चिक र मिथुन राशीलाई नयाँ वर्ष प्रतिकुल रहेपनि अन्य राशिहरुलाई राम्रै रहेको पनि बताईएको छ। ज्योतिष पण्डित जोशीले नयाँ वर्षमा दैविय प्रकोपको सम्भावना समेत रहेकाले सचेत रहनुपर्ने बताउदै शनि ग्रहको पुजा गर्नाले केही शान्ति मिल्ने बताए। यस्तै शासकहरुले पनि शनि ग्रहको पुजा गरे जनतासंगको सम्बन्ध सुमधुर बनाउन सक्ने उनको भनाई छ। सुदूरपश्चिमको राजनीतिमा समेत ठुलो उत्तारचढाव आउने सम्भावना रहेको जोशीले बताए। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस