बाजुरामा भिरबाट लडेर एक बालिकाको मृत्यु
बाजुराः बाजुरामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–८ पुजारी टोलकी १० वर्षीय ललिता रावलको भिरबाट लडेर मृत्यु भएको हो।
मङ्गलवार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेकबाट घरका लागि हिँडेकी ललिता भिर बाटो भन्ने ठाउँबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।
बालमन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत उनी ललिता आमा कमला रावलसँग गाई वस्तु हेर्न लेकतिर गएकी थिइन्।