बैतडीमा छोटो दुरीमा चल्ने जीपको भाडा दर तोकियो
धनगढीः बैतडीमा पहिलो पटक छोटो दुरीमा चल्ने जीपको भाडा दर तोकिएको छ। सोमवार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको सरोकारवालहरुको बैठकले स्थानीय सडकमा चल्ने जीपको भाडा दर तोकेको हो।
बैठकले टिपर तथा ट्रकमा मानिस ओसार्न नपाइने, यात्रुवाहक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नापाइने निर्णय गरिएको छ। बैठमा ढोल्यामोड-पुर्चौडीको जीपको भाडा दुई सय तोकिएको छ भने खोड्पेदेखि ढोल्यामोडको भाडा एक सय चालीस तोकेको छ।
जीपको खोड्पे-बित्थडको भाडा १६०, पाटनदेखि मेलौलीको दुई सय, सतवाजदेखि पन्ज्युनयाँको २२०, सतवाजदेखि बसालीको १२०, सतवाजदेखि खोचेलेक ७५, गोठलापानीदेखि गोकुलेश्वरसम्मको जीपको भाडा ३७० तोकिएको छ।
यसैगरी, झुलाघाट-वित्थडको भाडा ५५०, गोडलापानीदेखि खोड्पे तीन सय, पाटन-खोड्पे ११०, मानिकाखान-खोड्पे ३०, पाटन- मानिकाखान ४०, पाटन- हिरापुर ६०, गोठलापानी- पाटन १९०, ठाँटदेखि पाटनकोको ३० रुपैयाँ भाडा तोकिएको छ।
सतवाजदेखि ठाँटसम्मको ४० र सतवाजदेखि पाटनसम्म ७० रुपैयाँ भाडा तोकिएको छ। यस्तै, देहिमाण्डौं-सतवाज ५०, गोठलापानी- सतवाज १२०, गोठलापानी- देहिमाण्डौं ७०, गोठलापानी-सेरा १५०, गोठलापानी-झुलाघाट १२०, त्रिपुरा- बाराकोट ३० र गोठलापानीदेखि त्रिपुरासम्मको भाडादर २५ कायम गरिएको छ।