बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प
२०८० जेठ ८, ०९:४२
धनगढीः बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।
जिल्लाको बिछिया केन्द्रविन्दु भएर आज (सोमबार) साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।
कमेन्ट लोड गर्नुस