बैतडीको नवदुर्गा आधारभूत विद्यालयका संस्थापकको सम्झनामा खेलकुद कार्यक्रम
बैतडीः बैतडीमा विद्यालयका संस्थापकको सम्झनामा खेलकुद कार्यक्रम गरिएको छ।
जिल्लाको पाटन नगरपालिका –४ कुडी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयका संस्थापकको सम्झनामा खेलकुद कार्यक्रम गरिएको हो। विद्यालय स्थापना गर्नमा योगदान पुर्याएका सदस्यहरुको सम्झनामा खेलकुदको आयोजना गरेका हुन्। विद्यालय स्थापना गर्नमा योगदान पुर्याएकन सोहि ठाउँका कमल सिंह बिष्ट, धीर सिंह बिष्ट, शेर सिंह बिष्ट, रतन सिंह बिष्टको सम्झनामा खेलकुद गरिएको हो।
उनिहरुले विद्यालय स्थापना गरी सो क्षेत्रमा ठुलो गुन लगाएको स्मरण गर्दै उनका परिवारका सदस्यले खेलकुद कार्यक्रम गरिएको परिवारका सदस्य गोविन्द विष्टले बताए। म्युजिकल चेयर, चकलेट दौड, तातो आलु, इन आउट लगायतका खेलहरु खेलाइएको थियो। सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद खेलाईएको विष्टले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सिंह बिष्टको सभाध्यक्ष्तामा सम्पन्न उक्त खेलकुद कार्यक्रममा वडा नं–४ का वडा अध्यक्ष दिपक सिंह बिष्ट प्रमुख अतिथि रहेका थिए। खेलकुदमा सहभागी बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।