कैलाली प्रिमियिर लिगः अन्तरपालिका टी २० क्रिकेट प्रतियोगिता सुरु
कैलालीः कैलालीको धनगढी र लम्की चुहामा कैलाली प्रिमियर लिग आजदेखि सुरु भएको छ।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका स्थानीय तहहरुको टीमले सहभागीता जनाएका छन्। प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य ललिता सुनारले गरेकि हुन। प्रतियोगिता अन्तर्गत आज धनगढीमा भएको खेलमा धनगढी उपमहानगरपालिका विजयी भएको छ। धनगढीले पुर्नवास नगरपालिकालाई हराएको हो।
यस्तै लम्की चुहा नगरपालिकामा भएको खेलमा लम्की चुहा नगरपालिका विजयी भएको छ। लम्की चुहाले बर्दगोरिया गाउँपालिकालाई हराएको हो। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले एक लाख ५१ हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन्।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।