सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा हिमपहिरोमा परेर पाँच जना बेपत्ता

२०८० जेठ ७, ०५:४७ खबर संवाददाता

बझाङः  बझाङमा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका छन्।

जिल्लाको पाटनमा हिमपहिरोमा परेर पाँच जना यार्सा संकलक बेपत्ता भएका छन्। आइतबार सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको बताएका छन्।

नेटवर्क नहुँदा घटनाको पूर्ण विवरण प्राप्त गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ। पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे प्रहरीलाई जानकारी गराएका थिए। खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको उनले बताएका छन्। सदरमुकामबाट पैदल डेढ दिन समय लाग्ने पाटनमा प्रहरी टोली पुगेपछि मात्र यकिन विवरण आउने प्रहरी प्रमुख विष्टले बताएका छन्। बेपत्ताहरुको नाम भने अझै खुलेको छैन्।

प्रहरीका अनुसार बेपत्ता हुनेमा सुर्मा गाउँपालिका–३ का २ जना र ३ जना जयपृथ्बी नगरपालिका–११ का रहेका छन्।
 

कमेन्ट लोड गर्नुस