सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हराएका गहना फेला 

२०८० जेठ ६, ०४:४० खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा २०८० जेठ ५ गते एक महिलाका हराएका गहना फेला परेका  छन्।

जिल्लाको बेदकोटद नगरपालिका–३ दैजीकी आइसा दमाइका गरगहना जेठ ५ गते हराएका थिए। उनले गहना हराएको भनी जेठ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन्। जेठ ६ गतेनै अटोचालक अमर कुँवरले सुनका गर–गहना र अन्य सामानसहित अटोमा छुटेको भन्दै प्रहरीलाई खबर गरेका थिए।

हराएका गर–गहना तथा सामान आइसालाई शनिबार हस्तान्तरण गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस