सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दका किसानलाई बाख्रा वितरण 

२०८० जेठ ३, ०८:५१ खबर संवाददाता

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–१० का किसानलाई बाख्रा वितरण गरिएको छ।

प्रदेश सरकारको सहयोगमा वडाका सय जना किसानहरुलाई १÷१ ओटा खरिजातका बाख्रा वितरण गरिएको हो। किसानहरुलाई बाख्रापालन पेसा तिर आर्कषित गराएर आत्मनिर्भरको बाटोमा  डोर्‍याउन वडामा प्रदेशको बजेटबाट सञ्चालित कार्यक्रम मार्फत किसानहरुलाई बाख्रा वितरण गरिएका वडा अध्यक्ष त्रिलोक सिंह विष्टले जानकारी दिए। गरिब विपन्न लगायत वडाका किसानहरुलाई बाख्रा वितरण गरिएको उनले बताए।

यस्तै दुई ओटा समूहमा बोका पनि वितरण गरिएका छन्। दुई समूहलाइ दुई बोका वितरण गरिएका बताइएको  छ। यस अघि पनि वडामा बाख्रा वितरण गरिएको थियो। अहिले छुटेका किसानहरुलाई समेटेर बाख्रा वितरण गरिएको वडा अध्यक्ष विष्टल बताए। बेरोजगारी बढेका बेला बाख्रा पालनले किसानहरुको आर्थिक उर्पाजनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस