सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिजल लिटरमा १० रुपैयाँले घट्यो, पेट्रोलको मूल्य यथावत्

२०८० जेठ ३, ०६:०२ खबर संवाददाता

काठमाडौं: सरकारले डिजल र मट्टीतेलबो मूल्य घटाएको छ। नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। 

निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ। अब डिजल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ। यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएको छ। निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ। अहिले पेट्रोलको भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ।

कमेन्ट लोड गर्नुस