सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस युनियन डडेल्धुराको अध्यक्षमा रावल 

२०८० वैशाख ३०, ०५:५०

धनगढीः नेपाल प्रेस युनियन डडेल्धुराको अध्यक्षमा योगेन्द्रबहादुर रावल सर्वसम्मत चयन भएका छन्। 

शनिवार भएको ५औँ जिल्ला अधिवेशनबाट रावलको नेतृत्वमा १७ सदस्यीय समिति गठन भएको हो। युनियनको उपाध्यक्षमा राम खत्री र भानबहादुर विक समावेशी सचिव पुष्कर भण्डारी,  सहसचिव पद्मा साउँद, कोषाध्यक्षमा पदम जोरा चयन भएका छन्।

यस्तै सदस्यमा गणेशबहादुर मगर, दिपक भट्टराई , आशिष मल्ल, दिपकराज भट्ट, तर्कराज भट्ट, श्रेया ऐरी, गोपाल राउटे,  जुनु मगर, पवित्र रोकामगर, चन्द्रीका कुमारी भट्ट र रुपा दमाई चुनिएका छन्। यस अघि नेपाली कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको थियो।
 

कमेन्ट लोड गर्नुस