स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधि स्टार सिटिलाई
धनगढीः स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधिलवडा नम्बर ५ स्टार सिटिले जितेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर १३ लाई ६ गोलले पराजित गर्दै वडा नम्वर ५ स्टार सिटी बिजयी भएको हो।
यस संस्करणको विजयी भएसगै वडा नम्वर ५ स्टार सिटिले टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिताको ट्रफी तेस्रो पटक उचालेको हो। जितसंगै वडा नम्वर ५ स्टार सिटिले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने बडा नम्वर १३ ले २५ हजार ट्रफी, मेडल, प्रमाण पत्रमा चित्त बुझाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नम्वर ५ स्टार सिटिका कमल देउवा, उदयमान खेलाडी स्टार सिटिकै रोहित बोहरा, उत्कृष्ट गोल रक्षक वडा नम्वर १३ का शैलेस बोहरा भए।
प्रतियोगिताका विजयी खलाडीहरुलाई एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भैतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले पुरुस्कार बितरण गरेका थिए।
खेलकुद क्षेत्रमा योगदान दिए पुर्यााएको भन्दै मोहन तामाङ र पुस्पराज पडालका साथै शिक्षा क्षेत्रमा योगदान पुर्याचएको भन्दै वाल्मीकि ईन्टरनेस्नल स्कुलका प्रिन्सिपल मनोज बिश्वकर्मा सम्मान गरिएको थियो ।
टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगितालाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटल चटकपुरले मुख्य प्रायोजन गरेको थियो ।