कञ्चनपुरमा सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ
धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्।
जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
पोस्टनजिकै शुक्रबार राति साढे १० बजे उनीहरुले सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेका थिए। राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका थिए। खुकुरी प्रहार गर्नेहरुको परिचय प्रहरीले खुलाएको छैन। खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ।