सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा फेरि भूकम्प

२०८० वैशाख २१, ०३:३२ खबर संवाददाता

धनगढीः बाजुरा जिल्लामा फेरि भूकम्प गएको छ।

जिल्लामा बिहिवार फेरि भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्रका अनुसार बिहिवार दिउँसो  १ बजेर १७ मिनेटमा बडिमालिका नगरपालिका वडा नम्बर ७ को रजातोलीमा केन्द्र बिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो।
माघ १० गते पछि जिल्लामा स(साना भूकम्प जाने गरेका छन।

भूकम्पको धक्का बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका लगायतका  क्षेत्रमा महसुस भएको छ। माघ यता मात्रै बाजुरा केन्द्र बिन्दु भएर नौ वटा भूकम्पका धक्काहरु गएको राष्टिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रको तथ्याकंमा उल्लेख गरिएको छ।
 

कमेन्ट लोड गर्नुस