सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पशु करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८० वैशाख २१, १०:१६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा पशु करणी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

२०७७ फागुन ६ गते जिल्ला अदालत कञ्चनप्रले शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का मनोज खुनालाई पशु करणी मुद्धमा दोसी ठहर गरेको थियो।

उनलाई एक महिना २० दिन कैद सजाय सुनाइएको थियो। तर फरार रहेका खुनालाई बुधवार कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला अदालतमा पेश गरिएका खुनालाई कारागार चलान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस