सुदूर नेपाललाई विश्वसँग जोड्दै

’ए’ डिभिजन लिग : दुई खेल हुँदै

२०८० वैशाख २१, ०६:१७ खबर संवाददाता

काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन्। लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्र र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। मछिन्द्र आज पाँचौं  जित निकाल्ने योजनामा हुनेछ । मछिन्द्र १३ खेलमा १८ अंक जोडेर आठौं स्थानमा रहेको छ।

संकटा पनि पाँचौं जितको खोजीमा हुनेछ । संकटा १३ खेलमा १६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। एन्फा कम्प्लेक्समा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। एपीएफ आज छैटौं जितको योजनामा हुनेछ। एपीएफ १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ। एनआरटी पाँचौं जितको खोजीमा हुनेछ। एनआरटी १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

कमेन्ट लोड गर्नुस