सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा कारखानामा विस्फोट, ९ जनाको मृत्यु

२०८० वैशाख २०, ०९:४३ खबर संवाददाता

एजेन्सीः चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ।

घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ। चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रारम्भिक रिपोर्टमा घटनामा पाँच जनाको मृत्यु भएको बताइए पनि पछि थप चार जनाको शव फेला परेको सिन्ह्वाले जनाएको छ। उद्धार कार्य जारी छ र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ। एक जना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ। हराइरहेका एक व्यक्तिको खोजी जारी छ।
 

कमेन्ट लोड गर्नुस