’ए’ डिभिजन लिग : तीन खेल हुँदै
काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन्। लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन्। जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।
फ्रेन्ड्स र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। फ्रेन्ड्स आज पाँचौं जित निकाल्ने योजनामा हुनेछ। फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर १२ स्थानमा रहेको छ। चर्च ब्वाइज सातौं जितको खोजीमा हुनेछ। चर्च ब्वाइज १३ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
रंगशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। आर्मी आज छैटौं जितको योजनामा हुनेछ। आर्मी १३ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ। मनाङ पाँचौं जितको खोजीमा हुनेछ।
मनाङ १३ खेलमा १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ। यस्तै च्यासल मैदानमा रोयल ब्लु सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। सातदोबाटो आज सातौं जित निकाल्न चाहन्छ। सातदोबाटो १३ खेलमा २२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। हिमालयन चौंथो जितको योजनामा हुनेछ। हिमालयन १३ खेलमा १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ।