सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

२०८० वैशाख १९, ०६:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको हो।

सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनी बिहान मृत अवस्थामा नदीमा तैरिरहेको अवस्थामा फेला परेका हुन्। उनको पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ।

कमेन्ट लोड गर्नुस