सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्दुकको गोली र लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

२०८० वैशाख १९, ०२:२० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय प्रकाश चन्दसहित दुई जना पक्राउ परेका छन्। करिब १ ग्राम ३७ मिलिग्राम लागुऔषध र एक राउण्ड गोलीसहित सोमबार साँझ दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी सुडाबाट खटिएको टोलीले प्रकाशको कोठाबाट लागुऔषध र गोली फेला पारेको थियो।

त्यस्तै धनगढी उपमहानगरपालिका–७ बेलीका २७ वर्षीय किरण चौधरीलाई पनि करिब ३ सय ९० मिलिग्राम लागुऔषधसहित प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस