सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनमा रुसको दोस्रो आक्रमण

२०८० वैशाख १८, ०८:०७ खबर संवाददाता

एजेन्सीः रुसले तीन दिनमा युक्रेनमा दोस्रो आक्रमण गरेको छ। रुसले युक्रेनमा क्षेप्यास्त्र आक्रमण जारी राखेको र तीन दिनभित्र दोस्रो पटक आक्रमण गरेको हो। उक्त आक्रमणका कारण खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको छ भने निप्रोपेट्रोभस्कमा तीन बालबालिकासहित २५ जना घाइते भएका छन्।

युक्रेनको सुरक्षा बलले देशको वायु रक्षा बलले १८ मध्ये १५ वटा मिसाइल असफल पारेको जनाएको छ। डिनिप्रो नजिकैको पाभलोहराद सहरलाई पनि निशाना बनाइएको छ। आक्रमणबाट १९ वटा अग्ला भवन, अपार्टमेन्ट ब्लक्स, २५ निजी घर, ६ स्कुल र किन्डरगार्टन र पाँच वटा पसलमा क्षति पुगेको छ।

पाभलोहराद युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र हो र यो युद्ध मोर्चाबाट ११० किलोमिटर टाढा छ। पछिल्लो समय रुसले युक्रेनमा तीव्र आक्रमण गरेको छ। यसमा युद्ध मोर्चाको नजिक रहेका क्षेत्रहरू समावेश छन्। शुक्रबार केन्द्रीय सहर ओस्मान नजिकै भएको आक्रमणमा २३ जनाको मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस