हिमाल आरोहण टोली अलपत्र
जुगल हिमाल आरोहणमा गएको आरोहण टोली बीच बाटोमै अलपत्र परेको छ। लगातारको वर्षाले भारी हिमपात भएपछि आरोहण टोली चार हजार ७२४ मिटर उचाइको बेसक्याम्पमै अलपत्र परेको हो। आइतबार आरोहण टोलीका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले आफू अस्वस्थ रहेको र खाद्यान्नसमेत सकिएको जानकारी गराउनुभएपछि सोमबार सिम्रिक एअरको हेलिकप्टरले खाद्यान्न र्पुयाइएको र त्यही हेलिकोप्टरमा अस्वस्थ भएका नेता सापकोटा राजधानी फर्किएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए। आरोहण दलका अर्का सदस्य सुभाष कर्माचार्य भने स्वास्थ्यमा समस्या आएपछि यसअघि नै फर्किसकेका छन्। रासस