सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोलकोतालाई हराउदै गुजरात शिर्ष स्थानमा

२०८० वैशाख १६, १०:३९ खबर संवाददाता

एजेन्सीः इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले कोलकोता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।

कोलकोताले दिएको १८० रनको लक्ष्य पछाएको गुजरातले १७.५ ओभरम ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। गुजरातको जितमा विजय शंकरले अविजित ५१ रन बनाएका थिए भने शुभमन गीलले ४९ रन बनाएका थिए। त्यस्तै डेभिड मिलरले ३२, कप्तान हार्दिक पाण्डेयले २६ र रिद्धिमान शाहले १० रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै १७९ रन बनाएको थियो। कोलकोताका लागि रह्मनुल्लाह गुरबाजले सर्बाधिक ८१ रन बनाएका थिए भने आन्द्रे रसेलले ३४ रन बनाए। त्यस्तै नारायण जागादीसान र रिंकु सिंहले १९–१९ रन बनाए। त्यसैगरी गुजरातका बलर मोहमद शामीले ३ विकेट लिए भने जोश लिटल र नूर अहमदले २–२ विकेट लिए।

यो जितपछि जारी आइपिएलमा गुजरातको ८ खेलमा ६ जितसहित १२ अंक छ र अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ भने कोलकोताले ९ खेलमा ३ खेल मात्र जितेको छ। कोलकोता ६ अंकसहित सातौं स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस