ए डिभिजन लिग : आज १३औँ चरणका तीन खेल
काठमाडौंः शहीद स्मारक ए डिभिजन लिगको १३ औँ चरण अन्तर्गत शनिबार तीन खेल हुँदैछ। दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।
हिमालयन आज चौथो जितको योजनामा रहेकोहिमालयन १२ खेलमा १३ अंक जोडेर १३ औँ स्थानमा छ। १२ खेलमा १९ अंक जोडेर चौथो स्थानमा रहेको आर्मी आर्मी छैटौँ जितको खोजीमा हुनेछ। यस्तै रंगशालामा साँझ ६ बजे सुरु हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबबीच भिडन्त हुनेछ। १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको चर्च ब्वाइज पाँचौँ जित निकाल्ने प्रयासमा रहनेछ।
मनाङ पनि पाँचौँ जितको योजनामा हुनेछ। मनाङ १२ खेलमा १५ अंक जोडेर नवौँ स्थानमा छ। च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। १२ खेलमा १५ अंक जोडेर ११औँ स्थानमा रहेको संकटा पाँचौँ जितको खोजीमा हुनेछ। १२ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको जावलाखेल आठौँ जित निकाल्न चाहन्छ।