सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा युद्ध विराम

२०८० वैशाख १५, ०४:१२ खबर संवाददाता

एजेन्सीः सुडानमा सेना र र्यापिड फोर्सेस बीच तीन दिनको युद्ध विराम समाप्त हुनुअघि नै यसलाई ७२ घण्टाका लागि बढाउने कुरामा बिहीबार सहमति बनेको हो।

छिमेकी देशका साथै अमेरिका, ब्रिटेन र संयुक्त राष्ट्रको कोसिसका कारण युद्ध विराममा सहमति बनेको छ। तर राजधानी खार्तूमबाट पनि सङ्घर्षको खबर लगातार आइरहेको छ। पछिल्लो युद्ध विराममा हज्जारौ मानिस सुरक्षित स्थानमा जान सकेका थिए ,जबकी दर्जनौँले आफ्नो देशका नागरिकलाई निकाल्ने कोसिस गरेका थिए।

सेना र र्यापिड सपोर्ट फोर्सेस बीच दुई हप्तादेखि लडाइँ चलिरहेको छ। जसमा हालसम्म सयौँ मानिस मारिएका छन्। यो भिडन्तको केन्द्रमा दुई जना जनरल छन्। सुडानी सशस्त्र बल (एफएएस) का प्रमुख अब्देल फताह अल–बुर्हान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का नेता मोहम्मद हमदान दगालो।

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले अमेरिका युद्ध विराम बढाउनका लागि ‘निकै सक्रिय रूपमा काम गरिरहेको’ बताएका छन्। तर ह्वाइट हाउसकी प्रवक्ता काराइन जिन–पियरेले स्थिति जुनसुकै बेला बिग्रन सक्ने बताएकी छिन्।
 

कमेन्ट लोड गर्नुस