अछामबाट विप्लवका दुई कार्यकर्ता पक्राउ
२०७५ चैत्र २५, ०५:५३
अछाममा नेत्रविक्रम चन्द विप्लव समुहका दुईजना कार्यकर्तालाई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विप्लव समूहको नेकपा जिल्ला कमिटी सदस्य लक्ष्मीराज साउद र मुगु स्थायी ठेगना भएका आर्दश बुढालाई पक्राउ परेका हुन्। दुवै जनालाई जिल्लाको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको अछामका प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिए। जिल्ला सदस्य मेल्लेख गाउँपालिका ७ नन्देगडा र बुढालाई चौरपाटी गाउँपालिका–७ मार्कुबाट पक्राउ गरिएको प्रहरी प्रमुख शाहीले बताए।
कमेन्ट लोड गर्नुस