सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको ७१ प्रतिशत विकास बजेट खर्च हुन बाँकी

२०८० वैशाख १४, ०२:५४

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अरब ७४ करोड ९७ लाख ६५ हजारको बजेट ल्याएको थियो। प्रदेश सरकारको चालु तर्फ १२ अरब २६ करोड ८४ लाख १४ हजार र पुँजीगत तर्फ २४ अरब १८ करोड १३ लाख ५० हजार विनियोजन गरिएको थियो।

तर चालु आर्थिक वर्षको साढे दुई महिना मात्र बाँकी रहेपनि चालु तर्फ चार अरब ८४ करोड र पुँजीगत तर्फ सात अबर १३ करोड मात्र निकासा भएको छ। प्रदेश सरकारले ११ अबर ९८ करोड मात्र हालसम्म खर्च गरेको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३२ दशमलव ६१ प्रतिशत मात्र बजेट खर्च भएको छ। प्रदेश सरकारको पूर्ण बजेटको ७० दशमलव ४८ प्रतिशत मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। प्रदेश सरकारको २९ दशमलव ५२ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ भने ७० दशमलव ४८ प्रतिशत पुँजीगत बजेट खर्च हुन बाँकी छ। 

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सबै भन्दा कम ३० प्रतिशत बजेट खर्च भएको छ भने सबै भन्दा बढी प्रदेश योजना आयोगको ४६ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका साढे २ महिना मात्र बाँकी रहेका बेला पनि प्रदेश सरकारको खर्चको प्रगति न्यून रहेको हो। 

कमेन्ट लोड गर्नुस