सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मान्छे मार्ने नरभक्षी बाघ छोप्न जनशक्ति र उपकरण छैनन्

२०८० वैशाख १४, ११:५७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ की गंगा चन्दलाई वैशाख ८ गते बाघले लग्यो। प्रहरी, वन कर्मचारी, स्थानीय तहरु सबैलाई महिलाको अवस्था बुझ्न परिवारले हारगुहार गरे। डिभिजन वन कार्यालयले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई आवश्यक सहयोगका लागि लिखित पत्र नै पठायो। तर बाघले लगेकी महिलाको अवस्थासम्म बुझन सकिएन। युवाहरुले ड्रोन मार्फत बाघको तस्बिर खिचे। महिलाको अवस्था भने अज्ञात थियो।

डिभिजन वन कार्यालय, कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बर्दिया राष्ट्रिय निकुञ्जको समूहले बाघको उद्दार गरेको बताए। उनले भने, ‘स्थानीय आक्रोशित थिए। बाघले मान्छेलिएपछि त्रास थियो। तर हामीसँग प्राविधिक थिएनन्। डाक्टरहरु थिएनन्। डाक टोली चाहिन्छ, शुक्लाफाँटामा समेत थिएन्। बर्दियाको टोली आएर उद्दार गरेको हो। बाघ विज्ञसहितको समूह शुक्लाफाँटामा छैन।’

कञ्चनपुरमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन २२ घण्टा लागेको थियो। तीन जनालाई बाघले मारेको भएपनि नियन्त्रण गर्न समस्या देखिएको थियो।  सुदूरपश्चिममा नरभक्षी बाघ नियन्त्रणमा लिने दक्ष जनशक्ति तथा प्राविधिकको अभाव रहेकाले समस्या हुने गरेको छ। कञ्चनपुरमा दुई महिला र भारतमा एक गरेर एकै महिनामा बाघको आक्रमणबाट तीनको मृत्यु भएको छ।

तर मान्छे खाने नरभक्षी बाघलाई नियन्त्रणमा लिन वन कार्यालयहरु, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जनशक्ति छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख रोशन सिँह ठकुन्नाले विभागको निर्देशन अनुसार बाघ पठाइएको बताए। उनले भने, ‘उपकरण छैनन्। बाघको घटनाहरु पहिला भएका थिएनन्। पहिलो पटक घटना भयो। हाम्रो लागि सिकाइ पनि भएको छ। हात्ती हाम्रो हो। तर जनशक्ति र उपकरण भने हामीसँग छैन। डाक गर्ने उपकरण र क्यामिकलहरु हामीसँग छैन, चितुवाहरुको गर्ने गरेका छौ।’

बिरालो प्रजातिको सबैभन्दा ठूलो जीव पाटे बाघ हो। बाघसँग लगभग सबैजसो जनावरलाई मारेर खानसक्ने क्षमता हुन्छ। मांसाहारी भएकोले पाटे बाघले आफू बाच्न र जीवन धान्न अन्य जनावरलाई मारेर तिनको रगत र मासु खाने गर्दछ। स्वस्थ पाटे बाघले आहाराका लागि मानिसलाई आक्रमण गर्दैन। स्वस्थ पाटे बाघले प्रायजसो वनमा पाइने मृग, हरिण, जरायो र ठूला आकारका पक्षी जस्ता जीवजन्तु मारेर खाने गर्दछ। तर बिरामी, घाइते, अपाङ्ग वा बूढो भएको अवस्थामा पाटे बाघ गाउँ घरमा पाइने चौपाया, मानिस जस्ता सजिलै सिकार गर्न सकिने जीवजन्तुलाई पछ्याउँन थाल्दछ र तिनको सिकार गरेर आफ्नो पेट पाल्न थाल्दछ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख ठकुन्नाले डिभिजन वनको आग्रहमा समन्वयन गरिएको बताए। 

मानिसको रगतमा हुने नुनका कारण पाटे बाघले एक पटक मानिसलाई आक्रमण गरेर उसको रगत, मासु खाएपछि फेरि मानिसकै खोजीमा लाग्न सुरु गर्छ। त्यसपछि पाटे बाघ नरभक्षी बन्न थाल्छ। कतिपय अवस्थामा पाटे बाघलाई जिस्काउँदा वा कुनै प्रकारको खतरा महसुस गराउँदा पनि उसले आत्मरक्षाको लागि मानिसलाई आक्रमण गर्ने गरेको पाइन्छ। 

सुदूरपश्चिम प्रदेशमा मानिसमाथि आक्रमण गर्ने बाघ छोप्न जनशक्ति र उपकरणको अभाव देखिएको छ। सुदूरपश्चिम प्रदेशमा दुईवटा राष्ट्रिय निकुञ्ज भएपनि बाघ छोप्नका लागि बर्दिया राष्ट्रिय निकुञ्जको जनशक्तिमा भर पर्नुपर्ने बाध्यता छ। कञ्चनपुरमा एक महिना नहुँदै तीन मान्छे मार्ने बाघ छोप्नसमेत राष्ट्रिय निकुञ्जलाई हम्यहम्य परेको हो। 

बर्दियाबाट बाघ नियन्त्रणका लागि विज्ञ प्राविधिकसहितको समूह आएपछि मात्र माघ छोपिएको छ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा उक्त रिनभक्षी बाघलाई छोडिदैछ। 

 

शुक्लाफाँटाभित्र लुकेका कथाः 'बाघ देख्दा राजा महेन्द्र बेहोस, रानी रत्नलाई लाग्यो गोली
 

कमेन्ट लोड गर्नुस