कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु
धनगढीः कञ्चनपुरमा बुधबार माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–५ की इश्वरी खड्काको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वनदेवी सामुदायिक वनमा घर पोत्ने माटो खन्दै गर्दा माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको जनाएको छ।
उनी पूर्व नेपाल प्रहरी संगठन कृष्णपुर नगर अध्यक्ष तथा सेवा निवृत्त प्रहरी नायव निरीक्षक (सई) रामबहादुर खड्काकी धर्मपत्नी हुन। घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ।