सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको छत्तिसगढमा माओवादीको एम्बुसमा परेर १० सुरक्षाकर्मीको मृत्यु

२०८० वैशाख १३, ०५:४६ खबर संवाददाता

एजेन्सीः भारतको छत्तिसगढमा माओवादी विद्रोहीको एम्बुसमा परेर १० सुरक्षाकर्मी र एक सवारी चालकको मृत्यु भएको छ।

छत्तिसगढ राज्यमा डिस्ट्रिक्ट रिजर्भ गार्ड डीआरजी भनेर माओवादीविरुद्ध लड्नका लागि सुरक्षाकर्मी खडा गरिएको छ। हाल माओवादीको एम्बुसमा परेर डीआरजीका १० जवान र एक भ्यान चालकको मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ। डीआरजी सुरक्षाकर्मीहरू गस्ती गएर आफ्नो कार्यालय फर्किँदै थिए।

बाटोमै एम्बुस थापिएकाले उनीहरूको भ्यान विस्फोटनको सिकार बन्न पुगेएको हो। छत्तिरगढका मुख्यमन्त्री भुपेश बघेलले माओवादी लडाकुलाई आतंकवादीको संज्ञा दिँदै उनीहरूलाई त्यसै नछाड्ने बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस