बझाङको सरस्वती माविमा अंग्रेजी माध्यमबाट पनि पढाइ हुने
बझाङः बझाङको बुङ्गल नगरपालिका–४ को बिजगडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अब नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने भएको छ।
शैक्षिक शत्र २०८० बाट नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्ययन गराउने निर्णय गरेको नगरपालिकाका मेयर जयबहादुर धामीले बताए। सो विद्यालयमा अहिलेसम्म नेपाली माध्यमबाट मात्र पढाई हुँदै आएको थियो। आफ्नो ५ वर्षे कार्यकालमा नगरभित्रका धेरै विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पनि पढाउने व्यवस्था गर्ने मेयर धामीले बताए।
आफ्नो क्षेत्रमा शैक्षिक, स्वास्थ्य, यातायात लगायतमा धेरै समस्या रहेको उनले बताए। यी सबै समस्याबारे सम्बन्धित मन्त्रालयमा जानकारी गराएको उनले बताए।