‘भीमदत्त उत्कृष्ट कृषक’ बैतडीका तीन किसान पुरस्कृत
बैतडीः ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कारबाट बैतडीका तीन किसान पुरस्कृत भएका छन्।
कृषि पेशामा लागेर राम्रो काम गरिरहेका अगुवा किसानहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो। सोमबार जिल्ला सदरमुकाममा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय डोटीले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई पुरस्कार वितरण गरेको हो।
‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कारबाट दशरथचन्द नगरपालिकका–९ का महेश पाण्डेय, पाटन नगरपालिका–९ की जयन्ती बिजले र मेलौली नगरपालिका–६ का चिन्तामणी भट्टलाई प्दान गरिएको छ। उनीहरुलाई जनही २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले बताए।
प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार बैतडीका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।