सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि एनआइसी एशियाका १५ नयाँ चमत्कारिक बचत योजना

२०७५ चैत्र २४, ०३:५८ खबर संवाददाता

एनआईसी एशिया बैंकले सुदूरपश्चिममा पनि १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ। योजनामा २२ वटा चमत्कारिक विशेषता रहेको बैंकको दाबी छ। बैंकले २१ वर्ष पूरा गरि २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा यो योजना ल्याएको एनआईसी एशिया बैंक सुदूरपश्चिमका प्रबन्धक टेकराज भट्टले बताए। बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता नामक नयाँ योजना सार्वजनिक गरेको उनले बताए। 

कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाताले बचत गर्ने बानीको बिकास गर्ने बैंकको भनाइ छ।  चमत्कारिक बचत निक्षेप खाता बैंकको सुदूरपीश्चमका १६ वटै शाखाबाट खोल्न सकिने प्रबन्धक भट्टले बताए। 
योजनामा ग्राहकले स्विप इन र स्विप आउटबाट बचत खातामा मुद्दती खाताकै सुविधा पाउने छन्। बैंकले सुदूरपश्चिममा साढे ५ अर्व बढि लगानी रहेको जनाएको छ भने ७९ हजार बढि ग्रहाक रहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस