सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्मू–कश्मीरमा आतंकवादी हमलामा छ सैनिकको मृत्यु

२०८० वैशाख ८, १०:२९ खबर संवाददाता

जम्मु कश्मीरको पुन्चमा भएको आतंकवादी हमलामा राष्ट्रिय राइफल्सको एक युनिटका पाँच जवानको मृत्यु भएको छ। यस्तै, गम्भीर घाइते एक जवानको राजौरी आर्मी अस्पतालमा उपचार भइरहेको छ। भारी वर्षाका कारण भिजिबिलिटी कम भएको सेनाले जनाएको छ।

यी जवानहरूलाई काउन्टर आतंकवादी अभियानका लागि तैनाथ गरिएको भारतीय सञ्चारमाध्यम भाष्करले जनाएको छ। सेनाले आतंककारीले ग्रेनेड प्रहार गरेको आशंका व्यक्त गरेको छ। जसका कारण ट्रकमा आगो लागेको र जवानहरु आगोमा जलेका छन्। सेना प्रमुख जनरल मनोज पाण्डेले रक्षामन्त्री राजनाथ सिंहलाई यस आक्रमणको जानकारी दिएका छन्। सेनाले आतंककारीलाई पक्रन खोजी अभियान जारी रहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस