डडेल्धुरामा ढुंगा प्रहारबाट महिलाको हत्या
२०८० वैशाख ८, ०९:४०
डडेल्धुराः डडेल्धुरामा ढुंगा प्रहारबाट एक महिलाको हत्या गरिएको छ।
जिल्लाको परशुराम नगरपालिकामा–४ रज्यौडाका गोपाल राउटेले बिहीवार राति परशुराम–५ बसगौरा बस्ने ६३ वर्षीया गोमति थापा मगरलाई ढुंगा प्रहार गरि हत्या गरेका हुन्। घटनाबारे थप अनुसन्धान भैरहेको डडेल्धुरा प्रहरीले जनाएको छ। ढुंगा प्रहार गर्ने राउटे फरार रहेका छन्। प्रहरीले उनलाई खोजी कार्य गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस