सुदूर नेपाललाई विश्वसँग जोड्दै

यमनमा सहयोग वितरणस्थलमा भागदौडमा परि ८५ जनाको मृत्यु

२०८० वैशाख ७, ०९:३१ खबर संवाददाता

एएजेन्सीः  युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौं घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन्।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्त्यको प्रतीकका रुपमा मनाइने इद अल–फित्रको केही दिनअघि अरब प्रायद्वीपको सबैभन्दा गरिब देशमा पछिल्लो दुर्घटना भएको हो। हुथीका एक सुरक्षा अधिकारीका अनुसार राजधानी यमनको बाब अल–यमन जिल्लामा भएको भागदौडमा परी कम्तीमा ८५ जनाको मृत्यु हुनुका साथै ३२२ भन्दा बढी घाइते भएका छन्।

उनले भने, ‘मृत्यु हुनेमा महिला र बालबालिका पनि छन्।’ मृतकको उक्त सङ्ख्या अर्का एक स्वास्थ्य अधिकारीले पुष्टि गरेका हुन्। हुथीको नियन्त्रणमा रहेको सानास्थित एएफपीका एक संवाददाताका अनुसार यो घटना एक विद्यालयभित्र भएको हो, जहाँ सहायता वितरण भइरहेको थियो। 

कमेन्ट लोड गर्नुस