सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिममा एकै दिन ३० जनामा कोरोना पुष्टि 

२०८० वैशाख ६, ०८:०६ खबर संवाददाता

धनगढीः सुदुरपश्चिम प्रदेशमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार ४११ जनाको एन्टिजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २७ जना र  आरटी पिसिआर विधिबाट २२ जनाको परिक्षण गरिएकोमा ३ जना गरि ३० जनामा कोरोना पोजेटिभ देखिएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकोमा १५ जना बाजुराका,६ जना कैलालीका र ९ जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस