सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ज्यान मार्ने मुद्दाका फरार प्रतिवादि पक्राउ

२०८० वैशाख ६, ०५:११

धनगढीः कञ्चनपुरमा ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का राजेन्दसिह महरालाई प्रहरीले पक्राउ गरेको हो। कञ्चनपुर प्रहरीका अनुसार उनलाई घरबाट बुधवार पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत, कञ्चनपुरले ज्यान मार्ने मुद्दामा २ महिना १६ दिन कैद र ८० हजार जरिवाना तोकेको थियो।

उनलाई पक्राउ गरेसँगैँ सजाय भुक्तानका लागि जिल्ला अदालतमा पेश गराइएको  कञ्चनपुर प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस