सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु 

२०७९ चैत्र २९, ०८:१९ खबर संवाददाता

बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिका-१० का ४३ वर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए । 

कमेन्ट लोड गर्नुस