सुदूरपश्चिममा विद्युतीय दुर्घटनाको जोखिम उच्च, ९ महिनामा सात जनाको मृत्यु
धनगढीः सुदूरपश्चिममा विद्युतीय दुर्घटनाको जोखिम उच्च देखिएको छ। प्रदेशभित्र चालु आर्थिक वर्षको ९ महिनामा सात जनाको विद्युतीय दुर्घटनामा परेर मृत्यु भइसकेको छ। धनगढी विद्युत वितरण केन्द्र अन्तरगत दुई जना घाइते भएको पाइएको छ। विद्युतीय सुरक्षा अपनाएको दाबी गरिएपनि दुर्घटनामा भने कमि आएको छैन्।
नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले गत वर्ष भन्दा दुर्घटनामा कमि आएको बताए। उनले विद्युतका प्राविधिक र सेवाग्राही सचेत हुँदै गएको दाबी गरे। कञ्चनपुरको महेन्द्रनगर विद्युत वितरण केन्द्र, अछाम वितरण केन्द्र, भजनी वितरण केन्द्र, बाजुरा वितरण केन्द्र, डडेल्धुरा वितरण केन्द्र, डोटी वितरण केन्द्र र बझाङ वितरण केन्द्र अन्तरगत एक/एक जनाको मृत्यु भएको छ।
महेन्द्रनगर वितरण केन्द्र, अछाम वितरण केन्द्र, दार्चुला वितरण केन्द्र, डडेल्धुरा वितरण केन्द्र, बैतडी र बझाङ वितरण केन्द्र अन्तरगत एक/एक जना घाइते भएका छन्। धनगढी विद्युत वितरण केन्द्र अन्तरगत दुई जना यो वर्ष घाइते भएका छन्। गत वर्षको तुलनामा विद्युतीय दुर्घटना कम हुँदै गएको दाबी प्राधिकरणको छ।
विद्युतीय दुर्घटनामा मृतक तथा घाइते हुनेमा विद्युत प्राधिकरणका कर्मचारी धेरै छन्। बिजुलीका उपभोक्तासमेत विभिन्न समयमा विद्युतीय दुर्घटनामा पर्दै आएका छन्। विद्युतीय संरचना विस्तारमा लापरवाही तथा उपकरण प्रयोगमा हुने त्रृटिले विद्युतीय दुर्घटना हुँदै आएको नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रका प्रमुख मण्डलले बताए।
सुदूरपश्चिम प्रदेशभित्र विद्युतीय दुर्घटनामा कमी आएको दाबी गरिएको छ। तर गत आर्थिक वर्षमा प्रदेशमा भएको विद्युतीय दुर्घटनाको तथ्याँक प्राधिकरणसँग छैन। सुदूरपश्चिम प्रदेशमा विद्युतीय दुर्घटनाको जोखिम उच्च देखिएको छ। प्रदेशभित्र विद्युतीय दुर्घटना एकपछि अर्को बढ्दै गएको छ। चालु आर्थिक वर्षको चैत तेस्रो सातासम्म विद्युतीय दुर्घटनाबाट ८ जना घाइते भएका छन्। धनगढीमा मात्र दुई जना विद्युतीय दुर्घटनामा परेको तथ्याँक छ।