सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चरेस बिक्री गर्ने एक जना पक्राउ

२०७९ चैत्र २६, ०६:०९ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा लागुऔषध चरेस बिक्री वितरणको आरोपमा एकजना पक्राउ परेका छन्।

जिल्लाको अमरगढी नगरपालिका – ८ खनमडाका ६० वर्षीय करनराज पाण्डेय पक्राउ परेका हुन्। खुद्रा लागुऔषध चरेसको कारोेबार गर्ने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पाण्डेयलाई शनिबार बेलुकी पक्राउ गरेको थियो।

पक्राउ परेका पाण्डेयलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्रार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। घरमा लुकाइ–छिपाई राखेको अवस्थामा ७ सय ग्राम लागुऔषध चरेसजस्तो देखिने पर्दाथ बरामद गरिएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।


 

कमेन्ट लोड गर्नुस