सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतवार एकै दिन सुदुरपश्चिमका २२ जनामा कोरोना पुष्टि 

२०७९ चैत्र २६, ०५:२१ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेशमा आइतवार एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर, र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस