सुदूर नेपाललाई विश्वसँग जोड्दै

४४ वटा खाद्यवस्तु भन्सार विन्दुबाट रोक्का

। फोटो स्रोत ।
२०७५ चैत्र २२, ०१:१० खबर संवाददाता

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले ४४ वटा खाद्यवस्तु भन्सार विन्दुबाट रोक्का गरेको छ। आयातित मापदण्ड पूरा नभएकाले खाद्यवस्तु रोक्का गरिएको विभागका महानिर्देशक सञ्जिब कर्णले बताए। कागजात नमिलेका, मापदण्ड नपुगेका, लेवल नभएका र आयात प्रतिवन्ध लागेका वस्तुहरु रोकिएको उनले बताए। रोकिएका वस्तुमा तेल, विस्कुट, चाउचाउ, सस, ललिपप जस्ता वस्तु छन्।

विभागका अनुसार आव २०७५/०७६ को दोस्रो चौमासिकमा कुल ६ हजार ८० वटा खाद्य पदार्थलाई आयात अनुमति जारी गरिएको छ। विभागले जारी गरेको आयात–निर्यात निर्दे्शिकाले आयात पूर्व अनिवार्य रूपमा अनुमति लिनुपर्ने ब्यवस्था गरेको छ।

निर्दे्शिकामा व्यवस्था गरिएका खाद्यवस्तुलाई मात्र आयात अनुमति दिइएको महानिर्देशक कर्णको भनाइ छ।आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट आयातित खाद्य वस्तुको नियमनको क्रममा १० हजार ४ सया ५६ नमुना जाँच गरी आयात अनुमति प्रदान गरिएको विभागले जाकनकारी दिएको छ।

कमेन्ट लोड गर्नुस