विहीबार सुदुरपश्चिमका २४ जनामा कोरोना पुष्टि
२०७९ चैत्र २३, ०४:५४
कैलालीः सुदूरपश्चिम प्रदेशमा विहीबार एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सात सय ८० जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २१ जना र २४ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १८जना कैलालीका, चार जना बैतडीका र दुई जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस